७ जेठ, २०८१ सोमबार

02:38:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य एक हजारले बढ्यो, तोलाको कति पुग्यो ?

Nepal Business

६ साउन, २०७९

सुनको मूल्य एक हजारले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाण्डौं । सुनको मूल्य घटबढ हुने क्रम जारी छ । बिहीबार एक हजार रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।