९ मंसिर, २०८१ आइतबार
05:25:19 AM
६ साउन, २०७९
काठमाडौं । कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । लघुवित्त कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार गत आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा संस्थाले १२ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १३२.७२ प्रतिशतले बढी हो।
अघिल्लो वर्ष संस्थाले ५ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। संस्थाको खुद ब्याज आम्दानी १.१३ प्रतिशतले बढेर २९ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २९ करोड १५ लाख रुपैयाँ रहेको थियो।
त्यस्तै चौथो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि २४.३२ प्रतिशतले बढेर ७ करोड ५८ लाख ६८ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ६ करोड १० लाख २५ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
संस्थाको रिजर्भको आकार ५१.२३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १५ करोड ३ लाख रुपैयाँको रिजर्भ बढेर २२ करोड ७३ लाख रुपैयाँको उचाइमा पुगेको छ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ३१ करोड २८ लाख ७५ हजार रुपैयाँ र जगेडा कोषमा २२ करोड ७३ लाख ८३ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४१ रुपैयाँ ७ पैसा, प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनुपात २९.१९ गुणा रहेको छ ।