९ मंसिर, २०८१ आइतबार
05:44:51 AM
६ साउन, २०७९
काठमाडौं । आर्थिक वर्ष २०७८÷७९ मा नेपाल नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद ब्याज आम्दानी एक अर्ब ८८ करोड रुपैयाँ भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४१ प्रतिशत बढि हो । गत असार मसान्तमा बैंकको सो आम्दानी १ अर्ब ३३ करोड रुपैयाँ थियो।
यस्तै बैंकको नाफामा पनि सकारात्मक देखिएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा २२.५३ प्रतिशत बढेको छ । ८३ करोड ७४ लाख रुपैयाँ रहेको बैंकको खुद नाफा असर मसान्तसम्म १ अर्ब २ करोड रुपैयाँभन्दा धेरै छ ।
खुद नाफा बढेपछि बैंकको प्रति सेयर आम्दानी भने घटेको देखिन्छ । चुक्ता पुँजीको अनुपातमा नाफा बढाउन नसक्दा बैंकको इपीएस खुम्चिएको हो । ०.६० रुपैयाँ घट्दा गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको प्रति सेयर आम्दानी ४.७५ रुपैयाँमा ओर्लिएको हो ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी भने ८ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षले प्रस्ताव गरेको ८ प्रतिशत बोनस सेयरको परिणाम चुक्ता पुँजीमा देखिएको हा । असार मसान्तसम्म बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको वितरणयोग्य मुनाफा पनि २२.६३ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकसँग ८० करोड ८५ लाख रुपैयाँ वितरण योग्य नफा छ । जस अनुसार गत आर्थिक वर्षका लागि बैंकसँग ३.७४ प्रतिशत प्रतिफल वितरण गर्ने क्षमता छ।