९ मंसिर, २०८१ आइतबार
05:06:40 AM
६ साउन, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (साउन ६ गते, शुक्रबार) आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। आज (शुक्रबार) अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गरिने जनाइएको छ ।
मौद्रिक नीतिका विषयमा गभर्नर अधिकारीले हिजो (बिहीबार) अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ब्रिफिङ गर्नुभएको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीति कसिलो हुने सङ्केत राष्ट्र बैंकले दिइसकेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीति बजेटले लिएको लक्ष्य अनुसार ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा केन्द्रित हुनेछ । राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने तयारी गरिरहँदा निजी क्षेत्रले भने लचक मौद्रिक नीतिको अपेक्षा गरेको छ।