९ मंसिर, २०८१ आइतबार

05:31:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनआईसी एसिया बैंक रजत महोत्सव मनाउदैँ

Nepal Business

५ साउन, २०७९

एनआईसी एसिया बैंक रजत महोत्सव मनाउदैँ

काठमाण्डौं । एनआईसी एसिया बैंक आफ्नो रजत महोत्सव मनाउदै छ । बैंक २५ वर्षमा लागे पनि यस वर्षभरि नै विविध कार्यक्रम रजत महोत्सव मनाउने छ ।

२०५५ सालको साउन ५ गते स्थापना भएको बैंक २०१३ मा बैंक अफ एसियासँग मर्जर भई एनआईसी एसिया बैंक बनेको हो । पटक पटक बैंक अफ दि इएरबाट सम्मानित भइसकेको एनआईसी एसिया बैंक आज नेपालको सबैभन्दा ठूलो बैंक बन्न सफल भइसकेको छ ।

देशैभरि फैलिएको सञ्जालमार्फत गाउँ गाउँदेखि शहरका कुना कुनासम्ममा एनआईसी एसिया बैंकले सरल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल एनआईसी एसिया बैंकका४७३ वटा एटिएम, १०२ वटा एक्टेन्सन काउन्टर र ३५९ वटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

‘२५ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने दृढ संकल्पका साथ शुरू भएको हाम्रो अतुलनीय सहयात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी रजत जयन्ती मनाउन गइरहेका छौं’, बैंकका सिईओले भन्नुभयो । 

उहाँले यस दौरानमा आफू प्रति अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाई सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनिय योगदान दिनुहुने हाम्रा समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, शेयरधनीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अत्यन्त अनुगृहीत रहँदै सादर नमन व्यक्त गर्नुभयो । 

‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौँ र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ’, उहाँले भन्नुभयो, ‘साथै आगामी दिनहरुमा अझ विश्वस्तरिय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने अठोट गर्दछौं ।’

बैंकले यस २५ वर्षको यात्रामा आफ्नो शेयरधनीहरुको Optimum Wealth Maximization गर्ने उद्देश्यलाई केन्द्रमा राखी आर्थिक वर्ष ०५६/०५७ मा १ कित्ता बराबरको साधारण सेयरमा लगानी गर्ने सेयरधनीको हालसम्म आइपुग्दा उक्त सेयर संख्या १३.१२ कित्ता पुगेको र त्यसको प्रतिफल आजको बजार मुल्यमा रु. ९,५२०.९७ बराबर प्रदान गर्न आफूहरु सफल भएको उहाँले बताउनुभयो । 

त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत अर्थिक वर्ष २०७८/७९ मा मात्रै ३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन पनि बैंक सफल भएको छ ।