१२ मंसिर, २०८१ बुधबार
11:00:28 PM
५ साउन, २०७९
काठमाण्डौं । एन आई सी एशिया बैंक लिमिटेडले आर्थिक वर्ष २०७८÷७९ मा खुद मुनाफातर्फ रू. ४.५३ अर्ब आर्जन गर्न गरेको छ । जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो ।
बैंकले आर्थिक वर्ष २०७८÷७९ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकको स्व–पूँजीमा प्रतिफल १९.६५ प्रतिशत रहेको जानकारी दिएको छ । जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकको छ । साथै, प्रति सेयर आम्दानी ३९.१३ पैसा रहेको बैंकले जनाएको छ ।
यस्तै कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई बैंकले निष्कृय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राख्न सफल भएको छ । बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र Tier 1 Capital Adequacy Ratio (Including Capital Conservation Buffer) ८.९३ प्रतिशत पु¥याई पूँजी व्यवस्थापन तर्फ पनि उत्साहजनक नतिजा हासिल गर्न बैंक सफल भएको हो ।
बैंकले चौथो त्रयमाससम्ममा १२ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाख भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेकोे छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।