९ मंसिर, २०८१ आइतबार

05:23:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेशनल माइक्रोफाइनान्सको १२ हजार कित्ता सेयर बिक्रिमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

५ साउन, २०७९

नेशनल माइक्रोफाइनान्सको १२ हजार कित्ता सेयर बिक्रिमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १२ हजार ७ सय ९७ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त संस्थापक सेयर बिक्री गर्न लागेको लघुवित्त कम्पनीले जनाएको छ ।  

लघुवित्त कम्पनीले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेको थियो । तर सो अवधिमा संस्थापक सेयधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएकाले उक्त सेयर अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी के कति कित्ता सेयर खरिद गरी लिने हो सोको व्यहोरा खुलाई कम्पनीको केन्द्रीय कार्यालयमा निलकण्ठ ३, धादिङबेसी, धादिङमा निवेदन दिन सक्नेछन् ।