७ जेठ, २०८१ सोमबार

03:07:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ललितपुरको ग्वार्कोमा मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको शुभारम्भ

Nepal Business

४ साउन, २०७९

ललितपुरको ग्वार्कोमा मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको शुभारम्भ

काठमाण्डौं । नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको शुभारम्भ भएको छ ।  बुधबार ललितपुरको ग्वार्कोमा अवस्थित ग्वार्को कम्प्लेक्समा अवस्थित यस स्टोरको एक समारोहबीच नायिका तथा यस स्टोरकी ब्राण्ड दूत स्वस्तिमा खड्काले उद्घाटन गर्नुभएको हो । 

सो कार्यक्रममा बोल्दै खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरु ग्राहकलाई पस्कँदै निरन्तर प्रगतिको शिखरहरु आरोहण गदै जाओस् भन्ने शुभकामना दिनुभयो । 

यस्तै बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्यले यस स्टोरको स्थापना गरिएको बताउनुभयो । ‘नेपाली ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ्ग क्षेत्रमा नै नँया मापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौँ’, उहाँले भननुभयो । 

यस सपिङ्ग स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र  वाद्ध्यवादन लगायतका उत्पादनहरु उपलब्ध छन्। 

ग्राहकहरुले खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरुको अलावा १०० प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी उनीहरुले खरिद गरेको समानको घरमा नि ः शुल्क डेलिभरी र जडानको सुविधा पनि  पाउनेछन्। 

बिग डिजिटलको काठमाडौँ उपत्यकामा ४ वटा नँया ठाउँहरुमा आफ्नो स्टोरहरु विस्तार गर्ने अल्पकालिन योजना छ । यसको दिर्घकालिन योजना भनेको देशका सबै सातवटा प्रदेशहरुमा नँया स्टोरहरुको स्थापन गर्नु हो ।