९ मंसिर, २०८१ आइतबार
05:12:21 AM
४ साउन, २०७९
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले नेपालीलाई डलर साट्न पाउने सुविधा घटाएको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले विदेश घुम्न जाने नेपालीले पाउने सुविधामा कटौती गरेको हो ।
नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने व्यक्तिले एअरपोर्टको मनी चेन्जरबाट २ सय डलरभन्दा बढी साट्न नपाइने व्यवस्था लागू गरेको छ ।
यस्तै वाणिज्य बैंकबाट भने १५ सय डलरको सटही सुविधा पाउने व्यवस्था छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ८३ अर्ब रुपैयाँ नेपालीहरुले विदेश भ्रमणको क्रममा खर्च गरेका छन् ।