७ मंसिर, २०८१ शुक्रबार
01:35:23 AM
४ साउन, २०७९
काठमाण्डौं । सुनको मूल्य घटबढ हुने क्रम जारी छ । बुधबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार आठ सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले बढेर ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार तीन सय रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँमा करोबार भइरहेको छ ।