२३ बैशाख, २०८१ आइतबार

03:50:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

झापामा रबर उद्योग, सरकारले दियो ४० लाख अनुदान

Nepal Business

३ साउन, २०७९

परियोजनाले सो कृषि फार्मलाई उद्योगको मेसिन खरिदका लागि ५० प्रतिशत अनुदानअन्तर्गत रु २७ लाख २५ हजार र घर निर्माणका लागि ८५ प्रतिशत अनुदानअन्तर्गत रु १२ लाख ७५ हजार प्रदान गरेको छ ।

झापामा रबर उद्योग, सरकारले दियो ४० लाख अनुदान

झापा, 

प्राकृतिक रबरको चोपलाई प्रशोधन गरी विभिन्न सामान उत्पादन गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–११ मा रबर उद्योग स्थापना गरिएको छ । उद्योगको स्थापनासँगै रबर किसानहरुमा खुसी छाएको छ । 

 उद्योगका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाले आर्थिक वर्ष २०७८/०७९ मा रु ४० लाख अनुदान प्रदान गरेको छ । सो अनुदानले उद्योगको मुख्य मेसिन खरिद गरिएको छ । 

धाइजन पशुपालन तथा व्यावसायिक कृषि फार्मले सो उद्योग स्थापना गरेको हो ।

उद्योगका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाले आर्थिक वर्ष २०७८/०७९ मा रु ४० लाख अनुदान प्रदान गरेको छ । सो अनुदानले उद्योगको मुख्य मेसिन खरिद गरिएको छ । 

परियोजनाले सो कृषि फार्मलाई उद्योगको मेसिन खरिदका लागि ५० प्रतिशत अनुदानअन्तर्गत रु २७ लाख २५ हजार र घर निर्माणका लागि ८५ प्रतिशत अनुदानअन्तर्गत रु १२ लाख ७५ हजार प्रदान गरेको छ । 

कार्यालयका सूचना अधिकारी रवीन्द्र निरौलाले रबर उद्योगबाट गुणस्तीय गम, ग्लोब, बेलुन आदि बनाउन सहयोग पुग्ने जानकारी दिनुभयो । उहाँले उद्योगमा करिब सातजना स्थानीयवासीलाई नौ महिनासम्म रोजगारीसमेत प्रदान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले आर्थिक वर्ष २०७८/०७९ मा रबर खेती गर्ने साना किसानलाई सहयोग पु¥याउने उद्देश्यले परियोजनाले साना किसान प्राकृतिक रबर उत्पादक सङ्घलाई रबर चोप सङ्कलन गर्ने सामग्री खरिदका लागि रु २० लाख र रबर डस्टिङ मेसिन खरिदका लागि रु पाँच लाख गरी रु २५ लाख अनुदान प्रदान गरेको छ ।