८ बैशाख, २०८१ शनिबार

06:24:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘प्रिमियर डिलर्स मिट’ सम्पन्न

Nepal Business

२८ माघ, २०७९

विराटनगरमा आयोजित समारोहमा प्रिमियर स्टीलले आफ्नोव्यावसायिक यात्राको महत्वपूर्ण सहयात्री रहेका देशभरका डिलरहरुलाइ भेला गरेर कार्यक्रम कार्यक्रम सम्पन्न गरेको हो ।

‘प्रिमियर डिलर्स मिट’ सम्पन्न

स्टील कम्पनी प्रिमियर स्टील प्रालिले ‘प्रिमियर डिलर्स मिट २०७९’ कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा कंपनीका तर्फबाट डाइरेक्टरहरू पवन सारडा, सौरभ सारडा, अनुपम राठी, अभिजित सिहं लगायतले कंपनीका बारेमा प्रकाश पार्दै हाल कंपनीका उत्पादनहरू, गुणस्तर, बजार बिस्तारका योजना र भावी रणनितिका बिषयमा डिलर संचालकहरूलाइ जानकारी गराएका थिए ।

विराटनगरमा आयोजित समारोहमा प्रिमियर स्टीलले आफ्नोव्यावसायिक यात्राको महत्वपूर्ण सहयात्री रहेका देशभरका डिलरहरुलाइ भेला गरेर कार्यक्रम कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रममा कंपनीका तर्फबाट डाइरेक्टरहरू पवन सारडा, सौरभ सारडा, अनुपम राठी, अभिजित सिहं लगायतले कंपनीका बारेमा प्रकाश पार्दै हाल कंपनीका उत्पादनहरू, गुणस्तर, बजार बिस्तारका योजना र भावी रणनितिका बिषयमा डिलर संचालकहरूलाइ जानकारी गराएका थिए ।

कार्यक्रममा प्रिमियर स्टीलका ब्रान्ड एम्बेसडर, राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले ‘प्रिमियर डिलर्स मिटका सहभागीलाइ हौसला बढाउदै नेपालको प्रतिष्ठित स्टील कंपनी प्रिमियर स्टीलसगं आवद्ध भएर कार्यक्रममा सहभागी हुन पाउदा गौरबको अनुभुति भएको बताएका थिए ।

सो अवसरमा डिलरहरूले पनि बजारको अहिलेको अवस्था र बजार बिस्तारका अन्य नया उपायहरूका बिषयमा सुझाव प्रदान गरेको कंपनीका ब्राण्ड मेनेजर सजल राउतले बताए । सो अवसरमा सहभागी डिलरका संचालकहरूलाइ उद्योगको भ्रमण गराइएको थियो ।

शारदा ग्रुप र राठी ग्रुपको संयुक्त लगानीमा स्थापित प्रेमियर स्टील अहिले पूर्वी नेपालको विशाल उपलब्धि बन्न पुगेको छ। दैनिक ८ सय टन भन्दा बढी उत्पादन क्षमता भएको यो उद्योग सुनसरीको दुहबीमा अवस्थित छ।

नेपालमा स्टील उत्पादन गर्ने सबैभन्दा ठूलो यो कम्पनीले गुणस्तरमा बिशेष ध्यान दिदै ग्राहकको आवश्यकताहरुलाई पूरा गर्दै आएको छ । गुणस्तरीय उत्पादनको लक्ष्यका साथ स्थापित प्रिमियर स्टीलले देशभर ६ सय वटा रिटेल आउटलेट खोल्न सफल भएको कंपनीले दाबी गरेको छ ।