९ मंसिर, २०८१ आइतबार
05:46:52 AM
३ साउन, २०७९
नलाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको व्यूरोले जनाएको छ ।
नेपाल विजनेश समाचारदाता,
काठमाडौँ,
काठमाडौँको एक सहकारीमा झण्डै ६ अर्ब रकम ठगीसम्बन्धिको बहुचर्चित काण्ठका मुख्य आरोपी इच्छाराज तामाङकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।
लामो समयको खोज तथा अनुस्न्धानपछि प्रहरीले मंगलबार उनलाई पक्राउ गर्न सफल भएको हो । उनी उक्त ठगी काण्डका आरोपी हुन् ।
लामो समयको खोज तथा अनुस्न्धानपछि प्रहरी मंगलबार उनलाई पक्राउ गर्न सफल भएको हो । उनी उक्त ठगी काण्डका आरोपी हुन् ।
काठमाडौँको सोल्टीमोडमा रहेको सिभिल सेभिङ् एण्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठुलो रकममा मुछिएर फरार रहेका इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य, तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौँको रामशाहपथबाट पक्राउ गरेको हो
उनी काठमाडौँ जिल्ला अदालतबाट गत पुस २७ मा पक्राउ पूजी जारी भइ फरार रहेकी थिइन् । उनी सहकारीको तत्कालिन लेखा समिति सदस्य हुन् ।
उनलाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको व्यूरोले जनाएको छ ।
संगठित रुपमा आकर्षक ब्याजदर दिनेलगायत विभिन्न प्रलोभनमा पारी ठुलो सङ्ख्याका बचतकर्तालाई रकम जम्मा गर्न लगाई उनीहरुले रु पाँच अर्ब ८४ करोड ४० लाख ठगी गरेका थिए ।
उक्त सहकारीमा विगत ३ वर्षदेखि बचत गरेको रकमको सावा तथा ब्याज माग गर्दा नदिइएको भन्दै एक हजार ५३० जना पीडितले व्यूरोमा ठगी एवं सङ्गठित अपराध कसूरमा जाहेरी दिएका थिए ।
सोही जाहेरीको आधारमा अनुसन्धान सम्पन्न गरी सिआइवीले गत मंसिर १७ गते संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित १२ जना प्रतिवादीलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा प्रतिवादी ईच्छाराज तामाङ र केशवलाल श्रेष्ठ पूर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।