२४ बैशाख, २०८१ सोमबार

02:47:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक२०७६ पारित

Nepal Business

३ साउन, २०७९

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक२०७६  पारित

काठमाण्डौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ लाई पारित गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले विधेयकमाथि दफाबार छलफल गर्दै पारित गरेको हो । 

बैठकमा सांसदहरुले विश्वविद्यालयको प्रकृति, सङ्गठनात्मक संरचना, लगानी लगाएतका बिषयम प्रष्ट हुनुपर्नेमा जोड दिएका थिए ।शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विधेयकमाथि आएका सुझावहरुलाई सम्बोधन गर्ने प्रयास गर्ने बताउनुभएको थियो ।

उहाँले बिधेयकलाई अन्तिम रुप दिएर चालू अधिवेशनबाट नै पारित गर्ने बताउनुभयो । आयुर्वेद शिक्षालाई राष्ट्रिय पहिचान र आवश्यकताअनुरुप विकास गरी आयुर्वेद शिक्षासम्बन्धी शिक्षालाई व्यवस्थित गर्न सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक ल्याएको हो ।