११ मंसिर, २०८१ मंगलबार
12:37:47 AM
३ साउन, २०७९
काठमाडौं । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहितका पदाधिकारीले प्रतिनिधिसभामा विचाराधिन रहेका अर्थसँग सम्बन्धित विभिन्न विद्यधेयकबारे सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ ।
मंगलबार सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्नि सापकोटा समक्ष चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहित पदाधिकारीले अर्थतन्त्रसँग सम्वन्धित विभिन्न एघार वटा विधेयकहरु अघि बढाउन ध्यानाकर्षण गराएका हुन् ।
विराधिन अवस्थामा रहेका धेरै विधेयकहरु रोकिँदा नीजि क्षेत्रसँग सम्वन्धित कतिपय समस्याहरु सम्वोधन हुन नसकेको उहाँले बताउनुभयो । धितोपत्र सम्वन्धी ऐनलाई संशोधन गर्ने सम्वन्धी विधेयक अर्थसमितिमा छलफलका क्रममा रहेको छ ।
यस्तै बैंक तथा वित्तिय संस्था सम्वन्धी ऐन २०७३ लाई संशेधन गर्ने सम्वन्धी ऐन पनि अर्थसमितिमा छलफलकै क्रममा रहेको चेम्बरले जनाएको छ ।बीमा सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले संघीय निर्वाचन अघी अर्थसंग सम्वन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन अध्यक्ष मल्लले आग्रह गर्नुभयो ।
यस्तै अध्यक्ष मल्लले मुुलुकका व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउन समेत सभामुखलाई आग्रह गर्नुभयो । गाँजाको व्यवस्थित उत्पादन र निर्यात प्रर्वद्धन गर्न सकिए वर्तमान व्यापार घाटा कम गर्न सकिने पनि अध्यक्ष मल्लले बताउनुभयो ।
यसैगरी चेम्बर पदाधिकारीसँगको भेटका क्रममा सभामुख सापकोटाले रोकिएका विधेयकहरुलाई अघि बढाउन आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।