९ मंसिर, २०८१ आइतबार
03:29:43 AM
३ साउन, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक वर्षमा करिब ९४ खर्ब रुपैयाँ तरलता सुविधा उपलब्ध गराएको छ । बैंकिङ्ग प्रणालीमा तरलता सन्तुलन राख्न राष्ट्र बैंकले सो रकम तरलता सुविधा उपलब्ध गराएको हो।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षमा स्थायी तरलता सुविधा मार्फत ९१ खर्ब ७० अर्ब १० करोड रुपैयाँ तरलता सुविधा उपलब्ध गराएको छ भने ओभरनाइट रिपोमार्फत २ खर्ब ६ अर्ब ३८ करोड रुपैयाँ तरलता सुविधा उपलब्ध गराएको हो। यो दुई सुविधाबाट मात्रै बैंकहरुले ९३ खर्ब ७६ अर्ब रुपैयाँ तरलता सुविधा लिएका राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।