८ मंसिर, २०८१ शनिबार
03:41:39 AM
२८ पुस, २०७८
काठमाण्डौं
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. सांगितिक कार्यक्रम नेपाल आईडल सिजन ४ को आधिकारिक भोटिंग पार्टनर नियुक्त भएको छ । कम्पनीले बुधबार विज्ञप्ती मार्फत नेपाल आईडल सिजन ४ को आधिकारिक भोटिंग पार्टनर नियुक्त भएको जानकारी दिएको हो ।
यस कार्यक्रमका प्रतियोगीहरुलाई नेपालभित्र सेलपेबाट र विदेशबाट श्रृष्टिमार्फत भोट गर्न सकिने छ । सेलपे तथा श्रृष्टिबाट भोट गर्न सेलपे एप्प गुगल प्लेस्टोर वा एप्पल एप्पस्टोरबाट गरी साइन अप गर्नु पर्छ र केवाइसी फम भरेर आफ्नो बैंक खातामा लिक गरी वालेट लोड गरी भोट गर्न सकिने कम्पनीले जनाएको छ ।