२१ कार्तिक, २०८१ बुधबार

01:28:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एसवाई प्यानलले टिकटक प्रतियोगिता गर्दै, पुरस्कार आठ लाख २५ हजार

Nepal Business

३ साउन, २०७९

एसवाई प्यानलले टिकटक प्रतियोगिता गर्दै, पुरस्कार आठ लाख २५  हजार

काठमाण्डौं । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा भाग लिने प्रतियोगिले कम्पनिको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्नेछ  ।  

प्रतियोगितामा साउन ०६ गतेदेखि भदौ ०६ गतेसम्म भिडियो पोस्ट गरिसक्नुपर्नेछ ।  पहिलो बवजेताले डेढ लाख नगद रुपैयाँ पाउनेछन् । दोस्रो (दुई जना) प्रतिव्यत्तिले एक लाख नगद रुपैयाँ पाउनेछन् । त्यस्तै तेस्रो (तीन जना) प्रति व्यक्तिले ७५ हजार प्रदान गरिनेछ भने चौथो (चार जना) लाई ४० हजार र पाचौं (पाँच जना)लाई ३० हजारका दरले पुरस्कार स्वरुप नगद प्रदान गरिने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिनुभयो । 

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाइ छनौट गरि ३० प्रतिशत लाइकको आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भिउज , मोस्ट शेयर ,मोस्ट कमेन्टको आधारमा बिजयी घोषणा गरिने जनाएको छ ।

भाद्र दस गते पुरस्कार बितरण गरिनेछ भने भिडियो सिर्जनात्मक र सभ्य हुनुपर्नेछ । टिकटक बनाइसकेपछि अनिवार्य रुपमा @SY_NEPAL मा TAG गर्नुपर्नेछ भने HASHTAG को  प्रयोग गर्नुपर्नेछ ।

महाप्रबन्धक साहका अनुसार नेपाल सरकारको नियम अनुसार लाग्ने कर बिजेता स्वयंले व्होर्नु पर्नेछ । कोरियाली कम्पनी एसवाई प्यानलद्वारा उत्पादन भएका फेब्रिकेटेडको प्रयोग गरी घर, भवन लगायत निर्माण भइरहेको छ । नेपालमा एसवाई प्यानल लोकप्रिय हुँदै गइरहेको छ ।