११ मंसिर, २०८१ मंगलबार
01:17:08 AM
३ साउन, २०७९
काठमाण्डौं । आर्थिक वर्ष ०७८÷७९ मा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु बढेका छन् । यस अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुमार्फत् ३ खर्ब ४३ अर्ब ५५ करोड ९१ लाख लगानी प्रतिवद्धता भएको छ ।
उद्योग विभागका अनुसार साना, मझौला र ठूला उद्योग गरी ३ सय ९ वटा उद्योग स्थापना तथा २८ हजार ५ सय २७ जनालाई रोजगारी दिने उद्देश्यले लगानी प्रतिवद्धता भएको हो । सो अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा आएको लगानी प्रविद्धता भन्दा १ खर्ब ८६ अर्ब ९१ करोड रुपैयाँले बढी भएको उद्योग विभागले जानकारी दिएको छ ।
विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को असारमसान्तसम्मको अवधिमा १ खर्ब ५६ अर्ब ६४ करोड ५ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो । सो लगानी प्रतिवद्धता २ सय ३ वटा उद्योग तथा ११ हजार ८ सय ३३ जनालाई रोजगारी सहित आएको हो ।
आर्थिक वर्ष ०७८/७९ को अवधिमा सबैभन्दा बढी उर्जाजन्य र सबैभन्दा कम खनिजजन्य उद्योगमा लगानी प्रतिवद्धता आएको छ । उर्जाजन्यमा १ खर्ब ७० अर्ब ७६ करोड ७४ लाख रुपैयाँ, उत्पादनजन्यमा ८९ अर्ब ७९ करोड ४१ लाख रुपैयाँ, सेवाजन्यमा ४६ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ, कृषि तथा वन पैदावरमा पाँच अर्ब २८ करोड ९१ लाख रुपैयाँ, पर्यटनजन्यमा २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ, पूर्वाधारजन्यमा २ अर्ब २७ करोड ९१ लाख रुपैयाँ , सूचना प्रविधिजन्यमा १ अर्ब ८९ करोड ८५ लाख रुपैयाँ र खनिजजन्यमा २५ करोड ९९ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।
विभागका अनुसार कृषि तथा वन पैदावरजन्य २१ वटा, उर्जाजन्य ५० वटा, सूचना प्रविधिजन्य ११ वटा, पूर्वाधारजन्य १ सय १६ वटा, खनिजजन्य २ वटा, सेवाजन्य ४६ वटा र पर्यटन जन्य ५८ वटा उद्योग स्थापना तथा वन पैदावरजन्यमा १ हजार १ सय ५५ जना, उर्जाजन्यमा १ हजार ७ सय २१ जना, सूचना प्रविधिजन्यमा ८ सय ८९ जना, पूर्वाधारजन्यमा ३ सय ९९ वटा, उत्पादनजन्यमा १४ हजार ६ सय १ जना, खनिजजन्यमा ९१ जना, सेवाजन्यमा ५ हजार ८ सय ३६ जना र पर्यटनजन्यमा ३ हजार ८ सय ३६ जनालाई रोजगारी सहितको लागानी प्रतिवद्धता आएको हो ।
यस्तै, आर्थिक वर्ष ०७७÷७८ मा पनि सबैभन्दा बढी उर्जाजन्य र सबैभन्दा कम खनिजजन्यमा आएको थियो । उर्जाजन्यमा १ खर्ब ९ अर्ब ९७ करोड ४४ लाख रुपैयाँ , उत्पादनजन्यमा १९ अर्ब ५२ करोड ४७ लाख रुपैयाँ , पर्यटनजन्यमा १३ अर्ब ४८ करोड ५४ लाख रुपैयाँ ,सेवाजन्यमा ५ अर्ब ६४ करोड ५५ लाख ,कृषि तथा वनजन्यमा ५ अर्ब ३४ करोड ८५ लाख, पूर्वाधारजन्यमा १ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ, सूचना सञ्चार तथा प्रसारण प्रविधिमा ८० करोड रुपैयाँ र खनिजमा १२ करोड ३४ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको हो ।
कृषि तथा वन पैदावरजन्य २१ वटा, उर्जाजन्य ३० वटा, सूचना प्रविधिजन्य ६ वटा, पूर्वाधारजन्य २ वटा, खनिजजन्य १ वटा, सेवाजन्य ३३ वटा र पर्यटनजन्यमा ४० वटा उद्योग स्थापना तथा कृषि तथा वन पैदावरजन्यमा १ हजार ९ सय २३ जना, उर्जाजन्यमा १ हजार ४ सय ७ जना, सूचना प्रविधिजन्यमा ४ सय १० जना, पूर्वाधारजन्यमा ४५ जना , उत्पादनजन्यमा ४ हजार २ सय ८४ जना, खनिजजन्यमा ९२ जना, सेवाजन्यमा १ हजार ७ सय ७८ जना र पर्यटनजन्यमा १ हजार ८ सय ९४ जनाको लागि रोजगारी सहित सो लगानी प्रतिवद्धता आएको थियो ।
औद्योगिक व्यवसाय ऐन, २०७६ अनुरुप घरजग्गाबाहेक बढीमा २० लाख रुपैयाँसम्म स्थिर पुँजी भएको लघु उद्यम, परम्परागत सीप र प्रविधिमा आधारित उद्योगलाई घरेलु उद्योग भनि ठहर गरेको छ । १५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको साना, १५ करोड रुपैयाँ देखि ५० करोड रुपैयाँसम्मको मझौला र ५० करोड रुपैयाँभन्दा माथि स्थिर पुँजी भएका उद्योग ठूला उद्योग हुन्। स्वदेशी लगानीकर्ताहरुले औद्योगिक व्यवसायिक ऐन २०७६ र विदेशी लगानीकर्ताहरुले प्रत्यक्ष विदेशी लगानी मार्फत् नेपालको उद्योग क्षेत्रमा लगानी गर्न पाँउछन् ।