९ मंसिर, २०८१ आइतबार
03:26:01 AM
३ साउन, २०७९
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १२ हजार एक सय ३८ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयर बिक्री गर्न लागेको लघुवित्त कम्पनीले जनाएको छ ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय ५० रूपैयाँ तोकिएको छ । कम्पनीले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी कम्पनीको केन्द्रिय कार्यालय, गैँडाकोट नगरपालिका वडा नं ५, नवलपरासीमा निवेदन दिन आग्रह गरेको हो ।
त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउइने पनि कम्पनीले जनाएको छ ।