५ जेठ, २०८१ शनिबार

08:04:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनचाँदीको जर्तीसम्बन्धी कार्यविधिले अफ्ठेरो परेको व्यवसायिको गुनासो , परिमार्जन गर्न गृहमन्त्रीको निर्देशन

२८ पुस, २०७८

सुनचाँदीको जर्तीसम्बन्धी कार्यविधिले अफ्ठेरो परेको व्यवसायिको गुनासो , परिमार्जन गर्न गृहमन्त्रीको निर्देशन

२८ पुस , काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले सुनचाँदी रत्न तथा आभुषणको जर्तीसम्बन्धी कार्यविधि परिमार्जन गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । 
सुनचाँदी रत्न तथा आभुषण महासंघ र सम्बन्धी सरकारी निकायका उच्च पदस्थ अधिकारीहसँगको छलफलमा व्यवसायीहरूले कार्यविधिका कारण काम गर्न अफ्टेरो भएको बताएपछि गृहमन्त्री खाणले परिमार्जन गर्न निर्देशन दिनुभएको हो । 
गृहमन्त्री खाणले मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख मुकुन्द निरौललाई कार्यविधि परिमार्जनमा समन्वयकारी भूमिका निभाउन पनि कार्यक्रममै निर्देशन दिनुभयो । गृहमन्त्रालयमा बुधबार भएको छलफलमा गृहमन्त्री खाणले भन्नुभयो, ‘कार्यविधिसँग सरोकार हुने अर्थ, उद्योग र वाणिज्य मन्त्रालयसँग समन्वय गरेर कार्यविधि परिमार्जन गर्ने समन्वयकारी भूमिका मन्त्रालयका सहसचिव मुकुन्द निरौलाले गर्नुहुन्छ । मैले यही कार्यक्रममा उहाँलाई निर्देशन दिन्छु ।’

सुनका गहना किन्नुलाई अनुत्पादक क्षेत्रमा लगानी लगाउनेका रुपमा लिने कि सम्पत्तिको जगेर्ना गरेको रुपमा लिने भन्नेमा प्रश्न उब्जिने बताउनुभयो । ‘जुन बेलामा किनेर राखे पनि सुनको मूल्य विपत्तिमा समेत घट्दैन । असहजता भएको बेलामा पनि काम लाग्छ । सुन धितो राखेर अफ्टेरो परेको बेलामा काम गर्न सकिन्छ

मन्त्री खाणले समय र परिस्थिति अनुसार विभिन्न समयमा बनेका कानुन परिमार्जन गर्दै समयसापेक्ष बनाउनु पर्ने बताउनु भयो । उहाँले सरकारको पहिलो दायित्व विधि अनुसार चल्नु भएको बताउँदै सुनचाँदी रत्न तथा आभुषण व्यवसायीले उठाएका माग सम्बोधन गर्न आफूले सहजीकरण गर्नेसमेत बताउनु भयो । 
उहाँले सुनका गहना किन्नुलाई अनुत्पादक क्षेत्रमा लगानी लगाउनेका रुपमा लिने कि सम्पत्तिको जगेर्ना गरेको रुपमा लिने भन्नेमा प्रश्न उब्जिने बताउनुभयो । ‘जुन बेलामा किनेर राखे पनि सुनको मूल्य विपत्तिमा समेत घट्दैन । असहजता भएको बेलामा पनि काम लाग्छ । सुन धितो राखेर अफ्टेरो परेको बेलामा काम गर्न सकिन्छ,’ गृहमन्त्री खाँणले भन्नुभयो । 
सुनचाँदी व्यवसायीले उठाएका विषय कानुन अनुरुप समाधानका लागि पहल गर्ने उहाँले बताउनु भयो । कार्यक्रममा सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष मणिकरत्न शाक्य, मणिरत्न शाक्य, रामकुमार विश्वकर्मालगायतका व्यवसायीले आफूहरूले गहना बनायउन प्रयाप्त मात्रामा सुनचाँदी नपाएकोले आफूर्ति प्रणालीलाई नियमित बनाउनु पर्ने, सुनचाँदी व्यवसायलाई निर्यातमूलक व्यवसायको रुपमा रुपान्तरण गर्नुपर्ने, थप भन्सारको व्यवस्था गरेर भए पनि पर्याप्त मात्रामा सुन पाइने व्यवस्था गर्नुपर्ने, सुरक्षा निकायले आफूहरूलाई गहना बनाउन एक स्थानबाट अर्को स्थानमा सुन लैजाँदा समस्या पार्ने गरेको भन्दै सहज बनाउने व्यवस्था गर्न माग गर्नुभएको थियो । 
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका एआइजीपी रामशरण पौडेल, आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेल, भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा, राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले व्यवसायीहरुले आफूहरूका सम्बन्धमा उठाएका प्रश्नको उत्तर दिनुभएको थियो । उहाँहरूले आफूहरुले कानुन अनुरुप हुने काममा व्यवसायीहरूलाई सहजीकरण गर्न आफूहरू तयार रहेको बताउनु भएको थियो ।