९ मंसिर, २०८१ आइतबार

03:31:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आरएसडिसी लघुवित्तको नाफा ४८.४५ प्रतिशतले बढ्यो, ईपिएस कति ?

३ साउन, २०७९

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४६.३६ प्रतिशत बढेर २३ करोड ८२ लाख ३३ हजार रूपैयाँ पुगेको छ ।

आरएसडिसी लघुवित्तको नाफा ४८.४५ प्रतिशतले बढ्यो, ईपिएस कति ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। लघुवित्तले प्रकाशन गरेको विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा र ईपीएस दुबै बढेको छ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा लघुवित्त कम्पनीले १३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४८.४५ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा संस्थाले ९ करोड १० लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४६.३६ प्रतिशत बढेर २३ करोड ८२ लाख ३३ हजार रूपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको खुद व्याज आम्दानी १६ करोड २७ लाख ६८ हजार रूपैयाँ रहेको थियो । 

दोश्रो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि बढेर २६ करोड ४७ लाख ७६ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १८ करोड ६१ लाख १७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ८० करोड ५१ लाख रुपैयाँ र जगेडा कोषमा ३१ करोड ३ लाख हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ७९ पैसा पुगेको छ। र प्रतिसेयर नेटवर्थ १२६ पैसा रहेको छ ।