९ मंसिर, २०८१ आइतबार
03:31:36 AM
३ साउन, २०७९
काठमाडौं । बैंकिङ प्रणालीमा एकै दिन ४४ अर्ब रुपैयाँ थपिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्षको अन्तिम दिन अर्थात असार ३२ गते शनिबार एकै दिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४४ अर्ब रुपैयाँले बढेको हो।
योसँगै असार ३२ गते शनिबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५१ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। गत असार ३१ गतेसम्म कुल निक्षेप ५१ अर्ब ९ करोड रुपैयाँ रहेको थियो।
यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ३६ अर्बले बढेर ४५ खर्ब ४० अर्ब पुगेको छ ।
बैंकहरूको कर्जा प्रवाह भने २३ अर्बले बढेर ४७ खर्ब रूपैयाँमा पुगेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी पनि २२ अर्बले बढेर ४१ खर्ब ६८ अर्ब रूपैयाँ पुगेको छ।
बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.४९ प्रतिशतबाट घटेर ८६.२२ प्रतिशतमा झरेको छ । अन्तरबैंक ब्याजदर भने ६.९८ प्रतिशत रहेको छ।