९ मंसिर, २०८१ आइतबार

03:37:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीको लागि ७ ट्राभल एजेन्सीले पाए स्वीकृति, को–को परे ? (सूचनासहित)

Nepal Business

२ साउन, २०७९

अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीको लागि ७ ट्राभल एजेन्सीले पाए स्वीकृति, को–को परे ? (सूचनासहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ वटा ट्राभल एजेन्सीहरुलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीको लागि स्वीकृत दिएको छ । 

सोमबार सूचना जारी गर्दै सितारा ट्राभल्स, गोचाली टुर एन्ड ट्राभल्स, रेजेन्सी नेपाल ट्राभल्स, ओर्बिट इन्टरनेसनल ट्राभल्स, सुरुची ट्राभल्स, सीलिंक र सक्सेस ट्राभल्स एन्ड टुर प्रालीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीको स्वीकृती दिएको जानकारी दिएको हो । 

राष्ट्र बैंकले गत असार १३ गते सूचना जारी गर्दै अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेता कम्पनीहरुलाई दर्ता हुन भनेको थियो ।

दर्ताका लागि आएका ट्राभल एजेन्सीहरु मध्ये रीत पुर्वक पेश भएका निवेदन र तोकिएको योग्यता पुगेका ७ वटा एजेन्सीलाई राष्ट्र बैंकले खरिद विनियमावली, २०७१ को मौजुदा सूचीमा समावेश गरेको हो।