१२ मंसिर, २०८१ बुधबार
09:05:43 PM
२ साउन, २०७९
काठमाडौं । बैंकहरूको निक्षेप संकलन एकै दिनमा ७ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार ३१ गते शुक्रबार बैंक तथा वित्तीय संस्थाहरूमा एकै दिन ७ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । असार ३० गते, बिहीबारसम्म बैंकहरूको निक्षेप ५१ खर्ब २ अर्ब रूपैयाँ रहेको थियो । शुक्रबार एकै दिन ७ अर्ब रुपैयाँ निक्षेप थपिएसँगै बैंक तथा वित्तीय संस्थाहरूमा असार ३१ गतेसम्म कुल ५१ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि एक अर्बले बढेर ४५ खर्ब ४ अर्ब पुगेको छ । बैंकहरूको कर्जा प्रवाह भने २ अर्बले घटेर ४६ खर्ब ७७ अर्ब रूपैयाँमा पुगेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी पनि ३ अर्बले घटेर ४१ खर्ब ४६ अर्ब रूपैयाँ कायम भएको छ । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.७५ प्रतिशतबाट घटेर ८६.४९ प्रतिशतमा झरेको छ ।