९ मंसिर, २०८१ आइतबार
03:54:27 AM
२ साउन, २०७९
काठमाडौं । चलन चल्तिका लागि अयोग्य झुत्रा नोट धुल्याउँदा ९० दिनको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले नोट धुल्याउन नियमावली २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
झुत्रा नोट धुल्याउने मेसिन वा फर्नेस रहेको स्थानको पर्याप्त कभरेज हुने गरी कम्तीमा ९० दिनको दृष्यको अभिलेख सुरक्षित राख्ने सीसीटीभी क्यामेराको व्यवस्था अनिवार्य गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।
राष्ट्र बैंकले नियामवलीमा नोट अदालती कारबाही चलेको हकमा अन्तिम किनारा लागेको दुई वर्षपछि र कारबाही नचलेको हकमा बैंकले प्राप्त गरेको तीन वर्षपछि धुल्याउनु पर्ने उल्लेख छ ।
त्यसैगरी, राष्ट्र बैंकले ९३० उपनियम ९२० मा जुनसुकै कुरा लेखिएको भएपनि बैंकको काम कारबाहीमा सहयोगी हुने तथा सुरक्षण विशेषताहरू परिमार्जन गर्ने सन्दर्भमा उपयोगी हुन सक्ने प्रकृतिका जाली वा नक्कली भनी जफत गरेको नोट अभिलेख राखी बैंकको ढुकटीमा नधुल्याई सुरक्षित राख्नुपर्नेछ ।
नोट धुल्याउनु अघि समितिको रोहबरमा पाँच सय र एक हजार दरका नोट बाहेक अन्य दरका नोटको प्रत्येक बण्डलको शत प्रतिशत प्याकेट गन्ती गरी ती बण्डलमध्ये नमूना छनौट (यान्डम स्याम्प्लिङ) गरी कम्तीमा पाँच प्रतिशत बण्डल छट्टयाई उक्त बण्डलमा रहेको प्याकेट तथा थान समेत गन्ती गरी रुजु गरेपश्चात् मात्र धुल्याउनु सकिने व्यवस्था नियमावलीले गरेको छ ।