९ मंसिर, २०८१ आइतबार

03:20:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

असारमा मात्रै ११ वटा सहकारी कालोसूचीमा, आर्थिक वर्षमा कति परे ?

Nepal Business

२ साउन, २०७९

असारमा मात्रै ११ वटा सहकारी कालोसूचीमा, आर्थिक वर्षमा कति परे ?

काठमाण्डौं । आर्थिक वर्ष २०७८÷७९ को असार महिनामा मात्रै एघार वटा सहकारीहरु कालोसूचीमा परेका छन् । केन्द्रले एउटा बहुउदेश्यीय, कृषि र बचत तथा ऋण सहकारीलाई कालोसूचीमा राखेको हो।

कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷७९ को असार महिनामा मात्रै एघार वटा सहकारीहरु कालोसूचीमा परेका छन् । केन्द्रले एउटा बहुउदेश्यीय, कृषि र बचत तथा ऋण सहकारीलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्नेमा तिरीमिरी बचत तथा ऋण सहकारी र स्मृति बचत तथा ऋण सहकारी, सरसापट सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र नवराजधानी को–अपरेटिभ, साथीभाई बचत तथा ऋण सहकारी र अनुरोध बचत तथा ऋण सहकारी संस्था र नुवागाँउ साना किसान कृषि सहकारी संस्था र प्रमिशा बचत तथा ऋण सहकारी संस्था रहेको केन्द्रले जनाएको छ । 

स्मृति बचत तथा ऋण सहकारीका सञ्चालकहरुमा विष्णु शर्मा र देवेन्द्र श्रेष्ठ रहेका छन् । तिरीमिरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमा अन्जु श्रेष्ठ, इन्द्र बस्नेत, केशव अधिकारी, लोकनाथ डल्लाकोटी, माधव कुमार सिग्देल, प्रकाश भट्ट र सुमन कुमार श्रेष्ठ रहेका छन् । 

केन्द्रका अनुसार कालोसूचीमा परेको सरसापट सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकहरुमा गोपालप्रसाद धमला, जानकी श्रेष्ठ, पदम महर्जन, संगिता कार्की, शेर बहादुर मगर र सिताराम कार्की रहेका छन् भने नवराजधानी को–अपरेटिभका सञ्चालकहरुमा अजय पण्डित, सगुन पाण्डे र सुरेन्द्र अमात्य रहेको केन्द्रले जनाएको छ । 

त्यस्तै साथीभाई बचत तथा ऋण सहकारीका सञ्चालकहरुमा ध्रुव प्रसाद कोइराला, नरेशलाल श्रेष्ठ, नवराज पाख्रिन, राजकुमार श्रेष्ठ, श्रीजनी श्रेष्ठ र उदय कुमार ढुंगेल रहेका छन् भने अनुरोध बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुमा अर्जुन पराजुली, बिमला पौडेल, कृष्ण बहादुर गिरी र राम प्रसाद मैनाली रहेका छन् । 

केन्द्रका अनुसार नुवागाँउ साना किसान कृषि सहकारी संस्थाका सञ्चालकहरुमा चन्द्र बहादुर बस्नेत, लोक बहादुर डाँगी र प्रमिला पुन रहेका छन् ।

इमानौल बचततथा ऋण सहकारी संस्थाका सञ्चालकहरुमा गिता कुमारी दुलाल, हरी खड्का, कुमार खत्री, मदन कुमार बस्नेत, मेघ प्रसाद खड्का र सरस्वती शाही रहेका छन् । प्रमिशा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुमा हेमराज थापा क्षेत्री, हिम प्रसाद सुवेदी, कल्पना कुमारी अधिकारी, रामेश्वर लाल क्षेष्ठ र सन्त बहादुर केसी रहेका छन् । 

केन्द्रका अनुसार चेतना सहकारी संस्था पनि कालोसूचीमा परेको छ । उक्त सहकारीका सञ्चालकहरुमा अशेश्वर यादव, विजय कुमार साह हलुवाई, मोहन बहादुर बराल, निर्मला देवी ठाकुर, रानीदेवी ठाकुर, शिवजी हलुवाई र शुभ नारायण गोहिवर यादव रहेका छन् ।   

आर्थिक वर्ष २०७८/७९ मा कालोसूचीमा पर्ने सहकारीहरु 

आर्थिक वर्ष २०७८/७९ कोे असार मसान्तसम्म २८ वटा सहकारीहरु कालोसूचीमा परेको छन् । कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार यस अवधिमा चार वटा बहुउद्देश्यीय, कृषि र अन्य बचत सहकारी कालोसूचीमा परेका छन् । 

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा कर्जा सूचना केन्द्रले कालोसूचीमा पर्ने गरेका छन । गत आवमा ऋण तिर्न नसकेका २८ वटा सहकारी संस्थाहरुलाई केन्द्रले कालोसूचीमा राखेको हो । 

यस अवधिमा कालो सूचीमा पर्ने बहुउद्देश्यीय सहकारीमा किरणोदय बहुउद्देश्यीय सहकारी संस्था, धनवृद्धि मल्टिप्रपोज को–अपरेटिभ, चाँदनी बहुउद्देश्यीय सहकारी र युवा विकास बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् । किरणोदय बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुमा नरेन्द्र प्रकाश सुवेदी रहेका छन् ।

यस्तै धनवृद्धि मल्टिप्रपोज को– अपरेटिभका सञ्चालकहरुमा अरविन्द बिष्ट, दिवाकर रिजाल र सुश्री इन्दिरा विष्ट, युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुमा होमबहादुर थापा क्षेत्री, किसान राई र संगम राई रहेका छन् ।

कालोसूचीमा परेका बहुउद्देश्यीय सहकारी संस्थामा चाँदनी बहुउद्देश्यीय सहकारीका सञ्चालकहरुमा रविन्द्र अधिकारी र उद्धव अधिकारी रहेका छन् । यस्तै कृषि सहकारीतर्फ कालो सूचीमा पर्नेमा जनसेवा कृषि सहकारी, जीवन सुन्दर कृषि सहकारी र सहयात्री कृषि सहकारी संस्था रहेका छन् । 

कालोसूचीमा परेको सहयात्री कृषि सहकारी संस्थाका सञ्चालकहरुमा विमला राई, मुकुन्द प्रसाद अधिकारी, नारायण विश्वकर्मा, राजेन्द्र कार्की, राजु श्रेष्ठ र तिलक बहादुर थापा रहेका छन् । 

जनसेवा कृषि सहकारीका सञ्चालक भजन राणा, भिममाया तामाङ, धनमाया तामाङ, दिल बहादुर तामाङ, हिनीमाया तामाङ, शान्तिमाया तामाङ र टेकमाया तामाङ रहेका छन् भने जीवन सुन्दर कृषि सहकारी संस्थाका सञ्चालकहरुमा भुवन कुमार सिञ्जाली र उपेन्द्र ठाडा मगर रहेका छन् । 

यसैगरी कालोसूचीमा परेका बचत तथा ऋण सहकारीमा सहकारीमा स्मृति सेभिङ एण्ड को–अपरेटिभ रहेको केन्द्रको तथ्यांकमा छ । जसको सञ्चालक देवेन्द्र श्रेष्ठ रहेका छन् । सरफी सेभिङ एण्ड को–अपरेटिभ पनि कालेसूचीमा परेको छ भने सोका सञ्चालकहरुमा इन्द्रावती श्रेष्ठ, राजकुमार श्रेष्ठ र टेकप्रसाद आचार्य रहेका छन् । 

अन्य सहकारीहरुमा रारा बचत तथा ऋण सहकारी रहेको छ । उक्त सहकारीका सञ्चालकहरुमा विनोद कुमार अग्रवाल, कुमार मगर र शेर बहादुर थापामगर रहेका छन् ।

त्यस्तै, आनन्दनगर बचत तथा ऋण सहकारी संस्था पनि कालो सूचीमा परेको छ । जसको सञ्चालक लोकनाथ सापकोटा, नारायणी केसी र नरेन्द्र बहादुर कार्की रहेका छन् । प्राइम गोरखा सेभिङ एण्ड को–अपरेटिभको सञ्चालकहरुमा डिल्लीशेर राई, मधु गुरुङ र सञ्जय राई रहेको केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार कान्ति सेभिङ एण्ड को–अपरेटिभ संस्था पनि कालोसूचीमा परेको छ । उक्त सहकारीका सञ्चालक असलमान तामाङ, हिरामान तामाङ र नन्द बहादुर थकाली रहेका छन् । 

कालोसूचीमा परेको सहकारीमा धनलक्ष्मी सहकारी संस्था पनि रहेको छ । उक्त सहकारीका सञ्चालकमा मनोज गिरी र सविता श्रीवास्तव रहेका छन् । केन्द्रले हलेश्वर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभलाई पनि कालोसूचीमा राखेको छ । जसका सञ्चालकहरुमा बज्रसिंह लामा र मोहनसिंह लामा रहेका छन् । 

केन्द्रका अनुसार बैशाख २८ गते माँ अम्बे बचत तथा ऋण सहकारी संस्था पनि कालोसूचीमा परेको छ । यस संस्थाका सञ्चालकहरुमा बिजय कुमार छिनाल र निर्मल कुमार सिन्जाली रहेका छन् ।
त्यस्तै, कालोसुचीमा पर्ने सहकारीमा द नेक्स्ट बचत तथा ऋण सहकारी संस्था रहेको जसका सञ्चालहरुमा भीष्म प्रसाद भण्डारी, पवित्रा दमाई र शान्ति तिवारी रहेका छन् । 

त्यसैगरी, केन्द्रले सिरेटो बचत तथा ऋण सहकारी संस्था र चेतना बचत तथा ऋण सहकारी संस्थालाई पनि कालोसूचीमा राखेको छ । सिरेटो बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुमा रिना आचार्य, सिर्जना रिजाल र शुशिला लुईटेल रहेको केन्द्रको तथ्यांकमा छ ।