९ मंसिर, २०८१ आइतबार
03:05:59 AM
२ साउन, २०७९
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले असार २९ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक समूहको सेयर हाललाई स्थगित गरिएको छ । बैंकको २ लाख ६५ हजार ९९९ कित्ता संस्थापक सेयरको लिलामी बिक्री स्थगित भएको हो ।
बैंकले उक्त संस्थापक सेयरका लागि न्यूनतम १५२ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको थियो । उक्त संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरूले साउन ११ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
तर बिक्री प्रबन्धक सनराइज क्यापिटलले सोमबार एक सूचना प्रकाशित गर्दै हाललाई लिलामी प्रक्रिया स्थगित गरिएको जानकारी गराएको छ । लिलामी प्रक्रिया स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।