९ मंसिर, २०८१ आइतबार

03:10:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सानिमा बैंकको संस्थापक सेयर बिक्रिमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

२ साउन, २०७९

सानिमा बैंकको संस्थापक सेयर बिक्रिमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने


काठमाडौं । सानिमा बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकले विभिन्न व्यक्तिहरुको नाममा रहेको २५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेको थियो । तर संस्थापक सेयरधनीबाट सेयर खरिदको लागि कुनै पनि निवेदन प्राप्त नभएकाले अब उक्त सेयर अन्य इच्छुक व्यक्ति वा संस्थालाई बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

बैंकको सेयरको न्यूनतम मूल्य २०० रुपैयाँ तोकिएको छ त्यसैले आवेदकले २०० रुपैयाँ वा त्यो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजपत्र संकलन गरी के कति कित्ता सेयर खरिद गर्ने हो सोको व्यहोरा खुलाई बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौंमा निवेदन दिन सक्नेछन् ।