८ मंसिर, २०८१ शनिबार

03:31:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नारायणहिटी दरबार परिसरमा रेष्टुरेन्ट बनाउने कार्य विवादमा आएपछि बतास समुहको स्पष्टिकरण

२८ पुस, २०७८

नारायणहिटी दरबार परिसरमा रेष्टुरेन्ट बनाउने कार्य विवादमा आएपछि बतास समुहको स्पष्टिकरण

काठमाण्डौं

बतास अर्गनाइजेसन अन्र्तगतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र रेस्टुरेन्ट निर्माण गर्न थालेपछि विवादमा घेरियो । सो कार्य विवादमा आएपछि  सरकारले संरचना निर्माणमा रोक लगायो । 

नारायणहिटी दरबारको विवादमा मुझिएपछि बतास समुहले आफ्नो स्पष्टिकरण दिएको छ । बुधबार प्रेस विज्ञप्ती जारी गर्दै बतास समुहले विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका समाचारप्रति आफ्नो ध्यानकर्षण भएको बताएको छ । विज्ञप्तीमा लेखिएको छ, ‘ती विषयमा हालसम्म यस अर्गनाईजेशनका कुनै पनि जिम्मेवार व्यक्तिहरुलाई आधिकारिक रुपमा सम्पर्क गरेर सत्य÷तथ्य बुझ्ने प्रयत्न ती सञ्चार माध्यमहरुले नगरेको हुनाले यो प्रेस विज्ञप्तीमार्फत तथ्य सार्वजनिक गर्नु परेको हो ।’

बतास समुह नारायणहिटी दरबार परिसरमा रेष्टुरेन्ट बनाउने कार्यले गर्दा विवादमा आएको हो । विवाद भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिले तीन दिन भित्र अध्ययन गरेर सुझाव पेस गरेको थियो ।

सुझाव पेश गर्नु अघि नै नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिल कार्यकारी निर्देशक भेषनारायण दाहालले राजिनामा दिएका थिए। मन्त्रालयले उँहाको राजिनामा स्वीकृत पनि गरिसकेको छ । 

यस्तो छ बतास समुहको प्रेस विज्ञप्तीः