९ मंसिर, २०८१ आइतबार
03:47:46 AM
१ साउन, २०७९
काठमाण्डौं । विद्यार्थी संघ ( नेविसंघ) र अखिल क्रान्तिकारीले संयुक्तरुपमा विरोध गर्दै नेपाल राष्ट्र बैंकका गभर्नरको राजीनामा माग गर्दै आएका छन् । आइतबार काठमाण्डौंको बालुवाटारस्थित विद्यार्थीहरुले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि प्रहरी र प्रदर्शनकारीबिच झडप भएको हो । उनीहरूले गभर्नर अधिकारी राजनीतिक दलमा आबद्ध भएको भन्दै राजीनामाको विद्यार्थीहरुले माग गरेका छन् ।
एमालेको अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद नै भएको आरोप लगाउँदै विद्यार्थीहरुले उनको बर्खास्ती माग गरेका हुन्। सरकार मौद्रिक नीति जारी गर्ने तयारीमा रहेको बेला गभर्नर विवादमा तानिएका हुन्। पार्टीमा गभर्नरको संलग्नताबारे बहस चर्किएको छ।