९ मंसिर, २०८१ आइतबार
04:50:41 AM
१ साउन, २०७९
काठमाण्डौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यको ९० प्रतिशत मात्र राजस्व संकलन गरेको छ । विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार यस अवधिमा राजस्व संकलन ४ खर्ब ८३ अर्ब करोड रुपैयाँ मात्र भएको छ ।
तर सरकारले यस अवधिमा ५ खर्ब ३७ अर्ब ९४ करोड ७७ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य अनुसार ४ खर्ब ८३ अर्ब ४५ करोड २८ लाख ६६ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ । अघिल्लो आवको सोही अवधिमा विभागले ४ खर्ब २९ अर्ब ८९ करोड ७३ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
कुन क्षेत्रबाट कति ?
सरकारले आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तसम्म आयकरबाट २ खर्ब ५१ अर्ब ३४ करोड २९ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा २ खर्ब २९ अर्ब २५ करोड ४८ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । लक्ष्यनुसार ९१.२१ प्रतिशत राजस्व संकलन गरेको हो ।
अघिल्लो आवको वर्षको तुलनामा ११४.१६ प्रतिशतले बढी राजस्व संकलन भएको हो । विभागले अघिल्लो आवको सोही अवधिमा उक्त शीर्षकबाट २ खर्ब ८२ करोड ७३ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
यस्तै घरबहाल करबाट ३ अर्ब ७ करोड ५१ लाख ९१ हजार रुपैयाँ संकलन गरेको छ । तर सरकारले ४ अर्ब १६ करोड १२ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य अनुसार ७३.९० प्रतिशत राजस्व संकलन गरेको हो ।
घरबहाल कर शीर्षकमा पनि राजस्व संकलनमा अघिल्लो आवको तुलनामा १०७.५९ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ८५ करोड ८२ लाख १६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
ब्याजबाट २४ अर्ब ७२ करोड ४ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने सरकारले ३३ अर्ब ९९ करोड ५३ लाख ८८ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यअनुसार ७२.७२ प्रतिशत राजस्व संकलन गरेको हो । गत वर्ष सोही अवधिमा २२ अर्ब ३२ करोड ६ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
यस्तै भ्याटबाट सरकारले १ खर्ब ३६ अर्ब ६७ करोड ३१ लाख ३ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ खर्ब १५ अर्ब ८५ करोड ५८ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । लक्ष्यअनुसार ८४.७७ प्रतिशत राजस्व संकलन गरेको हो । गत वर्षको तुलनामा राजस्व संकलनमा ९९.४३ प्रतिशतले कम हो ।
अन्तशुल्क शीर्षकबाट यस अवधिमा सरकारले १ खर्ब ३ अर्ब २ करोड ३१ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले यस अवधिमा १ खर्ब ७ अर्ब २७ करोड ४२ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
असार मसान्तसम्म शिक्षाबाट १ अर्ब २४ करोड ५ लाख १ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले १ अर्ब १ करोड ३६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
यस अवधिमा लक्ष्यको १२२.८२ प्रतिशत मात्र राजस्व संकलन भएको तथ्याङकमा उल्लेख छ । अघिल्लो आवको तुलनामा शिक्षा शीर्षकको राजस्व संकलनमा तीन गुणा बढि राजस्व संकलनमा वृद्धि भएको छ ।
यसैगरी स्वास्थ्य सेवा शीर्षकमा लक्ष्य भन्दा झण्डै दोब्बर राजस्व संकलन भएको छ । विभागले यस अवधिमा स्वास्थ्य सेवा शीर्षकबाट ६ अर्ब २८ करोड २८ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिमा सरकारले ३ अर्ब ४९ करोड ८ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।