९ मंसिर, २०८१ आइतबार
07:00:29 PM
१ साउन, २०७९
छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार छ सय रुपैयाँमा कारोबार
काठमाण्डौं । चालु आर्थिक वर्षको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ ।
छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।