९ मंसिर, २०८१ आइतबार
03:07:12 AM
१ साउन, २०७९
काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (साउन १ गते) देखि लागु हुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ९.०३ प्रतिशतसम्म ब्याज दिनेछ । त्यस्तै, बैंकले मुद्दति निक्षेपमा न्यूनतम ९.०३ प्रतिशतदेखि अधिकतम १२.०३ प्रतिशतसम्म ब्याज तोकेको छ । बैंकले रेमिट्यान्स बचत खातामा ९.०३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १२.०३ प्रतिशत व्याज दिने बैंकले सार्वजनिक गरेको उक्त व्याजदर उल्लेख छ । बैंकको आधार दर ८.२२ प्रतिशत रहेको बैंकले जनाएको छ ।