९ मंसिर, २०८१ आइतबार

03:08:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुन खातामा कति ?

१ साउन, २०७९

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुन खातामा कति ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज (साउन १ गते आइतबार) देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ९.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकले मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स बचत खातामा ९.०३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १२.०३ प्रतिशत व्याज दिने नयाँ व्याजदरमा उल्लेख छ । बैंकको आधार दर ८.३२ प्रतिशत रहेको बैंकले जनाएको छ ।