६ मंसिर, २०८१ बिहिबार
08:29:29 PM
३१ असार, २०७९
बैठकको निर्णयसँगै समितिको नाममा रहेको राष्ट्रबैंक चोकस्थित गल्फ कोर्स रहेको ४० रोपनी २५ वर्षलाई, पर्यटन बसपार्कको १५ रोपनी १० वर्षलाई र पृथ्वीचोकको ५ रोपनी १० वर्षलाई निजी कम्पनीलाई दिने सम्झौता खारेज भएको छ ।
पोखरा,
निवर्तमान मेयर मानबहादुर जीसीले कार्यकालको अन्तिम समयमा पोखराको ६३ रोपनी जग्गा भाडामा दिने अपारदर्शी सम्झौता पोखरा उपत्यका नगर विकास समितिले खारेज गरेको छ ।
वर्तमान मेयर धनराज आचार्य अध्यक्ष रहेको समितिको शुक्रबारको बैठकले सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।