२० बैशाख, २०८१ बिहिबार

10:12:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

११ महिनामा १७ खर्ब रुपैयाँ बराबरको सामान आयात, व्यापार घाटा कति ?

Nepal Business

३१ असार, २०७९

११ महिनामा १७ खर्ब रुपैयाँ बराबरको सामान आयात, व्यापार घाटा कति ?

काठमाण्डौं । नेपालले चालु आर्थिक वर्षको ११ महिनामा १७ खर्ब रुपैयाँ बराबरको सामान आयात गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार १० खर्ब ९५ अर्ब ४७ करोड ९१ लाख रुपैयाँको २० वस्तु आयात भएको छ । 
बाँकी वस्तु ६ खर्ब ६७ अर्ब ७४ करोड ३९ लाख रुपैयाँको मात्र आयात भएको  । 

सरकारले गत वैशाख १३ गते उच्च आयातका कारण विदेशी सञ्चिती घट्दै गएको र तरलता अभाव भएको भन्दै १० वटा वस्तुको आयातमा चालु आर्थिक वर्षसम्मका लागि प्रतिबन्ध लगाएको थियो ।

बढ्दो आयातलाई रोक्न के अब सरकारले यी वस्तुहरुमा पनि प्रतिबन्ध लगाउला ? 

यस्तै नेपालले चालु आर्थिक वर्षको ११ महिनामा १९ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।

उक्त अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड ३१ लाख रुपैयाँ बराबरको आयात गरेको छ भने १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । जुन हालसम्मकै उच्च हो ।

भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा नेपालले १५ खर्ब ७७ अर्ब ३८ करोड ६० लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।