२० माघ, २०८१ आइतबार
01:51:13 PM
३१ असार, २०७९
काठमाण्डौं । विश्व बैंकले नेपालका लागि पौने १३ अर्ब रुपैयाँ (एक सय मिलियन डलर) ऋण स्वीकृत गरेको छ ।
नेपालको हरित, जलवायु–उत्थानशील र समावेशी विकासमा सहयोग गर्ने उद्देश्यले विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले सो ऋण स्वीकृत गरेको हो ।
ग्रीन, रेसिलियन्ट र इन्क्लुसिभ डेभलपमेन्ट ((जीआरआईडी) का तीन चरणका कार्यक्रममध्ये पहिलो चरणका कार्यक्रम कार्यान्वयन गर्न यो ऋण सहायता उपयोग हुने विश्व बैंकले जनाएको छ ।
‘कोभिड–१९ महामारीपछि नेपालमा हरित र समावेशी विकासमा विश्व बैंकले सहायता केन्द्रित छ’, विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि निर्देशक फारिस हदाद जेभोसले भन्नुभयो, ‘यो ऋण सहायता पानी, भूमीको प्रयोग, कृषि, वन, शहरी विकास, फोहोर व्यवस्थापन तथा प्रदूषण नियन्त्रणका क्षेत्रमा सरकारको मुख्य नीतिगत कार्यमा उपयोग गरिने छ ।’
विश्व बैंकका अनुसार यी कार्यक्रममार्फत कोभिड, प्रकोप, जलवायु र वातावरणीय जोखिमलगायत नेपालको विकासलाई असर गर्ने जटिल चुनौतीको सामना गर्दै गरिबी निवारणमा सहयोग पुग्नेछ ।