९ मंसिर, २०८१ आइतबार
06:07:14 PM
३१ असार, २०७९
काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले ७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको हो।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार साधारण सेयरमा अंकित मूल्यमा प्रिमियम रकम थप गरी आईपीओ जारी गर्नेछ। टेलिभिजनले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।
बिक्रि प्रबन्धक नियुक्त सम्बन्धी सम्झौतापत्रमा टेलिभिजनका अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गर्नुभएको छ ।
सन् २००३ जुलाईमा स्थापित कान्तिपुर टेलिभिजन टेरेस्टरियल स्टेसन र स्याटेलाइटको माध्यमबाट विविध कार्यक्रम प्रसारण गर्ने निजी क्षेत्रबाट सञ्चालित पहिलो टीभी च्यानल हो ।