९ मंसिर, २०८१ आइतबार
03:34:09 AM
३१ असार, २०७९
काठमाण्डौं । अमेरिकी डलर लगातार बढिरहेको छ । शुक्रबार राष्ट्र बैंकका अमेरिकी १ डलरको मूल्य १२८ रुपैयाँ ११ पैसा पुगेको छ ।
अमेरिकी १ डलरको खरिद मूल्य १२७ रुपैयाँ ५१ पैसा रहेको छ ।
असार १६ मा १२६ रुपैयाँ ६६ पैसा रहेको डलरको मूल्य २० असारमा १२६ रुपैयाँ ६३ पैसामा झरेको थियो ।
त्यसयता पनि केही घटबढ हुँदै असार ३० गते १२७ रुपैयाँ ७२ पैसामा कारोबार भएको डलर पहिलो पटक १२८ रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।