९ मंसिर, २०८१ आइतबार

03:30:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कामना सेवा विकास बैंकको नयाँ शाखा सञ्चालनमा

Nepal Business

३१ असार, २०७९

कामना सेवा विकास बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाण्डौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको हो । 

बैंकले सेवा विस्तार गर्ने क्रममा बिहीबारबाट इलाम जिल्लाको रोङ गा.पा. वडा नं. ०६ को सलकपुरमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  

रोङ गा.पा. वडा नं. ०६ सलकपुर स्थित अधिकारी एग्रो बनानाज फुड जोन (प्रो. याम प्रसाद अधिकारी) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ०६ का वडा सदस्य धिरज राईले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा सुरु गर्नुभएको थियो । 

कार्यक्रममा वडा नं. ०६ का अन्य जनप्रतिनिधिहरु, व्यावसायिक प्रतिनिधि, स्थानीयहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने जनाएको छ ।

यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।