१६ बैशाख, २०८१ आइतबार

04:18:47 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रलाई अनुसन्धान र विकासको अङ्गका रूपमा विकास गर्ने

Nepal Business

३० असार, २०७९

विदेशीलाई समेत तालिम र अनुभव आदनप्रदान गर्नसक्ने र उहाँहरुको तालिमको आकर्षक केन्द्र बन्नसक्ने अवस्थामा पु¥याउने मन्त्रालयको लक्ष्य रहेको

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रलाई अनुसन्धान र विकासको अङ्गका रूपमा विकास गर्ने

काभ्रे,
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले भूमि व्यवस्थापन जस्तो बहुआयामिक र संवेदनशील विषय भएकाले भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रलाई विकासका अन्य आयामसँग आबद्ध गर्न मन्त्रालयको अनुसन्धान र विकासको अङ्गका रूपमा विकास गर्नेगरी मन्त्रालयले सोच बनाएर अघि बढेको बताउनुभएको छ । 

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित बखुण्डोलमा रहेको भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको आज ५४औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले विभागीय कार्यालयका रूपमा स्तरोन्नति भएको भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले प्राप्त गरेको आइएसओ ९००१ः२०१५ प्रमाणीकरण भएकामा प्रशंसा गर्नुभयो ।

बद्लिँदो समय र परिवेशअनुसार प्रदेश र स्थानीय सरकार एवं गैरसरकारी र निजी क्षेत्रलाई आवश्यक सहयोग गर्दै भूमि व्यवस्थापनका क्षेत्रमा असल अभ्यासलाई विस्तृतीकरण गर्दै विदेशीलाई समेत तालिम र अनुभव आदनप्रदान गर्नसक्ने र उहाँहरुको तालिमको आकर्षक केन्द्र बन्नसक्ने अवस्थामा पु¥याउने मन्त्रालयको लक्ष्य रहेको र गर्नसक्ने उहाँले बताउनुभयो ।