२२ बैशाख, २०८१ शनिबार

11:31:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई कारवाही गरिने

Nepal Business

३० असार, २०७९

त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई कारवाही गरिने

काठमाण्डौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्रमा लापरवाही गर्नेलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई कारवाही गर्न निर्देशन दिएको हो ।

बैठकले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्ने बिषयमा छानविन समिति गठन गर्न पनि निर्देशन दिएको छ । समिति सभापति जयपुरी घर्तिले छानविन समितिको प्रतिवेदन समितिमा पेश गर्न पनि निर्देशन दिनुभएको हो । उहाँले विश्वविद्यालयको प्रश्नपत्रमा लापरवाहीको जिम्मेवारी विश्वविद्यालयका उपकुलपति लगाएत सवै पदाधिकारीले लिनुपर्ने जिकिर गर्नुभयो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुने बताउनुभयो ।  देशको करिब ८० प्रतिशत ब्यायभार बोकेको त्रिभुवन विश्वविद्यालयले आफ्नो गल्तीलाई सच्चाउँदै आगामी दिनमा यस्तो कार्य गर्न नदिनेमा आफू सजग भएको बताउनुभयो ।

प्रश्नपत्र हुबहु निकाल्नेमाथि छानबिन भइरहेको बताउँदै उनीहरुमाथि कडा कारबाही हुने विश्वास व्यक्त गर्नुभयो । बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले स्नातक र स्नातकोत्तर तहका ४ वटा प्रश्नपत्र बाहिरिएको र हुबहु दोहोरिएको बताउनुभयो ।

उहाँले हुबहु प्रश्नपत्र  बाहिर आएपछि केहि बिषयहरुको परिक्षा पुन गर्ने निर्णय गरिएको जिकिर गर्नुभयो ।  बैठकमा समिति सदस्यहरुले प्रश्नपत्र बाहिरिनु र दोहोरिनुमा त्रिभुवन विश्वविद्यालयका माथिल्लो पदाधिकारीको समेत संलग्नता रहेको हुनसक्ने भएकाले निष्पक्ष छानविन हुनुपर्ने बताएका थिए ।

अर्थशास्त्र विभागले जेठ १८ गते संचालन गरेको स्नात्तकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्स र मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत डिन कार्यालयले २३ जेठमा सञ्चालन गरेको स्नातकोत्तर तह राजनीतिशास्त्रको पहिलो सेमेष्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।