९ मंसिर, २०८१ आइतबार

03:09:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सानिमा बैंकको ऋणपत्र बाँडफाँड

३० असार, २०७९

सानिमा बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं । सानिमा बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले असार १० गतेदेखि असार २४ गतेसम्म निष्कासन गरेको ऋणपत्र बाँडफाँड भएको हो । उक्त अवधिभर रितपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई असार २८ गते, मंगलबार बाँडफाँड गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले ५ वर्ष अवधिकाे "१०.२५% सानिमा डिबेञ्चर, २०८९"  नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । निष्कासन गरिएको कुल ५० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गरिएको थियो ।