९ मंसिर, २०८१ आइतबार
03:18:36 AM
३० असार, २०७९
काठमाण्डौं । वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार लागेपछि निरन्तर बढिरहेको बाणिज्य बैंकहरुको निक्षेप ६ अर्बले घटेको हो ।
बैंकहरुमा तरलताको अभाव कायमै रहेको छ । सोमबार ४५ खर्ब १५ अर्ब रुपैयाँ रहेको बैंक निक्षेप मंगलबार ४५ खर्ब ९ अर्ब रुपैयाँमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
निक्षेपसँगै ऋण पनि घटेको छ । ४१ खर्ब ६१ अर्ब रुपैयाँ रहेको कुल ऋण ४१ खर्ब ५६ अर्ब रुपैयाँमा आएको छ ।
बैंकहरुको निक्षेप घटेका कारण पनि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) स्थिर छ । अहिले सीडी रेसियो ८६.९६ प्रतिशत छ । अन्तर बैंक सापटी दर ७.०५ प्रतिशतमा उक्लिएको छ।