२४ बैशाख, २०८१ सोमबार

09:16:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘भारतको गहुँ, चिनी लगायतका वस्तुुको निर्यात प्रतिवन्ध नेपालका लागि होइन’

Nepal Business

३० असार, २०७९

‘भारतको गहुँ, चिनी  लगायतका वस्तुुको निर्यात प्रतिवन्ध नेपालका लागि होइन’

काठमाण्डौं । भारत सरकारले गहुँ, चिनी  चिनी लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने बताएको छ । नेपालमा लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवको सम्मानमा नेपाल उद्योग वाणिज्य महासंघले सचिवालयमा आयोजना गरेको औपचारिक भेटवार्तामा सो कुरा बताउनुभएको हो । 

राजदूत श्रीवास्तवको महासंघ सचिवालयमा अध्यक्ष शेखर गोल्छाले स्वागत गर्नुभएको थियो । स्वागत मन्तव्यका क्रममा अध्यक्ष गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुुहरूको निर्यातमा प्रतिवन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताउनु भएको थियो । 

‘भारत सरकार, भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुुपर्छ भन्ने पक्षमा छ । तपाईहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ’, राजदूत श्रीवास्तवले भन्नुभयो, ‘हामी दुवैै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहान्छौं ।’

महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्यावहरूको विस्तार, गैर भन्सार अवरोधहरूका विषयलाई बैठकमा मुख्य रूपमा उठाउनुु भयो  ।

अध्यक्ष गोल्छाले नेपालको भारतसँगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापार घाटालाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको पनि बताउनुभयो ।
लामो समयदेखि मीरगंज पुल बन्न नसकेकोतर्पm ध्यानाकर्षण गराउदै अध्यक्ष गोल्छाले निर्माणका लागि आग्रह गर्नुभयो ।  

त्यसका लागि नेपालमा भारतीय संयुक्त लगानी विस्तार, मुख्य नाकासम्म रेलमार्गको विस्तार, प्रयोगशालाको अभावमा कृषिजन्य उत्पादनहरूको निर्यातमा हुने गरेको ढिलाईलाई भारत सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो । 

गैर भन्सार अवरोधका कारण मुख्यतया कृषिजन्य उत्पादन र जडिवुटि निर्यातमा समस्या देखिएको छ । यसैगरि तेस्रो मुलुकसंगको व्यापारका लागि थप दुई बन्दरगाहको प्रयोग गर्ने सुविधाका लागि पनि उहाँले आग्रह गर्नुभयो । 

सडक, रेल, हवाई र साथै डिजिटल कनेन्टीभीटीमा देखापरेका समस्याहरूको समाधान गर्दै नेपालको अर्थतन्त्रलाई मजवूद बनाउन भारत सरकार तयार छ उहाँले बताउनुभयो । 

उहाँले भन्नुुभयो, ‘ल्याव टेष्टका सम्बन्धमा भारत सरकारले रक्सौलमा अन्तराष्ट्रियस्तको ल्याव स्थापना भएको, काठमाण्डौंमा रहेको ल्यावलाई भारतमा एक महिनाभित्रै मान्यता दिने गरि काम भैरहेको छ ।’

अर्को ल्याव उपयुक्त स्थानमा बनाउन आफूले नेपालका वाणिज्य मन्त्री समक्ष अनुुरोध गरेको पनि उहाँले बताउनुुभयो । यसमा महासंघकातर्फबाट पनि नेपाल सरकारमा प्रयास हुन सुुझाव दिनुुभयो । 

गैर भन्सार अवरोधका सम्बन्धमा महासंघले राखेका गुुनासाहरूतर्फ आफ्नो ध्यानाकर्षण भएको र त्यस प्रकारको अवरोध भएको आफूलाई थाहा नभएकाले त्यस्ता समस्या छन् भने आफुले समाधान गर्ने प्रतिवद्धता जनाउनुुभयो । 

अध्यक्ष गोल्छाले महासंघले नेपाल सरकार, भारत सरकार, लगानी बोर्ड नेपाल, भारतीय उद्योग परिसंघको सहकार्यमा काठमाण्डौंमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने कार्यलाई अगाडि बढाएकाले सहयोग गर्न अनुरोध गर्नु भएपश्चात राजदूतले यस कार्यमा पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनुुभयो । 

महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, रामचन्द्र संघई, कार्यकारिणी समितिका सदस्यहरू, विभिन्न संघका अध्यक्षहरू, महासंघका महानिर्देशक समेतको उपस्थिति रहेको उक्त भेटवार्तामा उपाध्यक्ष दिनेश श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।