१७ कार्तिक, २०८१ शनिबार
01:15:16 AM
२९ असार, २०७९
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बोर्डको संचालक पदमा नियुक्तिको लागि तिमल्सिनाले बुझाएको प्रमाणपत्र कीर्ते र जालसाजीको अभियोगमा पक्राउ गरेको थियो ।
काठमाडौं
काठमाडौं जिल्ला अदालतले सहकारीकर्मी माधवप्रसाद तिमल्सिनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक समितिका तत्कालीन सदस्य ५३ वर्षीय तिमल्सिनालाई लिखतसम्बन्धी कसूरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक समितिका तत्कालीन सदस्य ५३ वर्षीय तिमल्सिनालाई लिखतसम्बन्धी कसूरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
तिमल्सिना मुद्दाको किनारा नलाग्दासम्म थुनामा रहनेछन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बोर्डको संचालक पदमा नियुक्तिको लागि तिमल्सिनाले बुझाएको प्रमाणपत्र कीर्ते र जालसाजीको अभियोगमा पक्राउ गरेको थियो ।