९ मंसिर, २०८१ आइतबार

03:16:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हेर्न चाहनुहुन्छ कुन बैंंकको नाफा कति ? सबैभन्दा धेरै कमाउने ग्लोबल आएमईले कति पायो नाफा ? (विवरणसहित)

Nepal Business

२९ असार, २०७९

एनआईसी एसियाको खुद नाफा ४ अर्ब ५९ करोड, तथा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३ अर्ब ९२ करोड रहेको छ

हेर्न चाहनुहुन्छ कुन बैंंकको नाफा कति ? सबैभन्दा धेरै कमाउने ग्लोबल आएमईले कति पायो नाफा ? (विवरणसहित)

काठमाडौँ, 
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ६४ अर्ब बढी खुद नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांक अनुसार २०७८ साउन महिनादेखि २०७९ जेठ महिनासम्मको अवधिमा वाणिज्य बैंकहरुले ६४ अर्ब ९५ करोड ४१ लाख खुद नाफा कमाएका हुन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांक अनुसार २०७८ साउन महिनादेखि २०७९ जेठ महिनासम्मको अवधिमा वाणिज्य बैंकहरुले ६४ अर्ब ९५ करोड ४१ लाख खुद नाफा कमाएका हुन् ।

जस मध्ये ग्लोबल आईएमईको खुद नाफा सबैभन्दा धेरै ४ अर्ब ८५ करोड रहेको छ । त्यस्तै एनआईसी एसियाको खुद नाफा ४ अर्ब ५९ करोड, तथा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३ अर्ब ९२ करोड रहेको छ । 

नबिल बैंकको खुद नाफा ३ अर्ब ८२ करोड, प्राइम कमर्शियल बैंकको खुद नाफा ३ अर्ब ५४ करोड, र एनएमबि बैंकको ३ अर्ब ३४ करोड रहेको छ । 

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ३ अर्ब २२ करोड, नेपाल बैंकको खुद नाफा २ अर्ब ९१ करोड, सिद्धार्थ बैंकको खुद नाफा २ अर्ब ८२ करोड तथा मेगा बैंकको खुद नाफा २ अर्ब ५७ करोड रहेको छ ।

कुमारी बैंकको खुद नाफा २ अर्ब ३६ करोड, कृषि विकास बैंकको खुद नाफा २ अर्ब १४ करोड, सानिमा बैंकको खुद नाफा २ अर्ब २ करोड र सिटिजन्स बैंकको खुद नाफा २ अर्ब १ करोड रहेको छ ।

अन्य बैंकको खुद नाफा भने २ अर्ब भन्दा कम रहेको छ । जसमा एनसीसी बैंकको खुद नाफा १ अर्ब ९९ करोड, हिमालयन बैंकको १ अर्ब ९८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ९३ करोड, एभरेष्ट बैंकको १ अर्ब ९० करोड, सनराइज बैंकको १ अर्ब ७३ करोड, माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब ६८ करोड र प्रभु बैंकको खुद नाफा १ अर्ब ६५ करोड रहेको छ ।