१६ बैशाख, २०८१ आइतबार

05:41:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारको वर्ष दिनः हवाई पूर्वाधारमा फड्को

Nepal Business

२९ असार, २०७९

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनको तयारीमा छ । यो विमानस्थको भौतिक प्रगति करिब शतप्रतिशत भएको छ । लामोसमयदेखि चर्चामा रहेको बाराको निजगढमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सर्वोच्च अदालतको आदेशपछि अन्योलमा छ ।

सरकारको वर्ष दिनः हवाई पूर्वाधारमा फड्को

काठमाडौँ,

वर्तमान सरकार गठन भएको एक वर्षमा मुलुको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । 

विशेषगरी एक वर्षको अवधिमा हवाई पूर्वाधारले सफलता हासिल गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ २ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ । 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ २ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ । 

गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरबका आयोजनामध्ये चाँडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो ।

उहाँले गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा महत्वपूर्ण फड्को मारेको र यसले मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले हवाई पूर्वाधार विकास र सेवा सुदृढिकरणमा प्राधिकरण लागि परेको बताउनुभयो ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले अवरोध भएको थियो । पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्म निर्माण सक्ने योजना रहेपनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएको हो ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ । 

हालसम्म विमानस्थलको मुआब्जासहित रु ३१ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । 

हाल कुवेतको जजीरा एयरले उडान भरिरहेको भैरहवा विमानस्थलमा अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि चासो देखाएका छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनको तयारीमा छ । यो विमानस्थको भौतिक प्रगति करिब शतप्रतिशत भएको छ । लामोसमयदेखि चर्चामा रहेको बाराको निजगढमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सर्वोच्च अदालतको आदेशपछि अन्योलमा छ ।

 तथापी प्रधानमन्त्रीसहित गठबन्धन दलका शीर्ष नेताहरुले हालै उक्त विमानस्थलको स्थलगत अवलोकन गरी पूर्ण क्षमताको अत्याधुनिक सुविधानसम्पन्न विमानस्थल निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा सूचीकृत निजगढ विमानस्थल निर्माणका लागि प्रारम्भिक चरणमा रु एक खर्ब २० अर्ब लाग्ने अनुमान गरिएको छ । 

नागरिक उड्डयन प्राधिकरणले यो परियोजनाको विस्तृत डिजाइन कार्य गरिरहेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा निर्माण मोडालिटीसम्बन्धी सिफारिस समिति बनिसकेको छ । निजगढ विमानस्थलको नाममा आठ हजार ५० हेक्टर जग्गा अघिग्रह गरिनुका साथै परियोजनाका लागि प्राधिकरणले रु तीन अर्ब खर्च गरिसकेको छ । परियोजनासँग जोडिएको द्रुत मार्गमा सरकारले रु दुई खर्ब लगानी भइसकेको छ ।

तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेको नौ महिने कार्यकालमा मन्त्रालयले उल्लेखनीय सुधारका कार्यक्रम गरेको छ । बतास समूहले व्यापारिक प्रयोजनका लागि हडपेको पशुपति धर्मशाला फिर्ता गर्नुका साथै नारायणहिटी सङ्ग्रहालयपरिसरको जग्गामा बतास समूहले बनाएको गैरकानूनी संरचना भत्काइएको छ । 

नेपाल वायुसेवा निगमभित्र देखिएको बेतिथि सुधारदेखि विमानस्थलको सेवा सुदृढिकरुण र नयाँ विमानस्थल निर्माणमा पनि देखिनेगरी काम भएको छ ।

मन्त्रालय र मातहन निकायलाई चुस्त र प्रभावकारी बनाउन नीतिगत सुधार सुशासनका लागि पनि उल्लेख्य प्रगति भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा टोकराज पाण्डेले बताउनुभयो । 

सरकारले आगामी आर्थिक वर्ष वर्ष २०७९/८० मा पर्यटन क्षेत्रको विकासका लागि रु ९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ । जसमा हवाई क्षेत्रको पूर्वाधार विकासका लागि मात्रै रु १२ अर्ब २४ करोड बजेट विनियोजन भएको छ । 

रात्रि बेस अनुरुप हवाई उडान

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विद्यमान हवाई चाप न्यूनीकरण, सुरक्षित उडानका लागि विमानस्थलमा अत्याधुनिक उपकरण जडानदेखि विमानस्थलको क्षमता विस्तारको काम निरन्तर भइरहेको छ । 

विमानस्थलमा दोस्रो टर्मिनल भवन बनाउने प्रक्रिया अघि बढेको छ भने विमनस्थलको उत्तरतर्फको क्षेत्रमा पार्किङस्थल विस्तारको काम भइरहेको छ ।