६ बैशाख, २०८१ बिहिबार

10:47:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेची राजमार्गमा सधैँ जमिन भासिने र पहिरो खस्ने समस्या, यस्तो छ कारण

Nepal Business

१६ चैत, २०७९

जमिन भासिने र पहिरो झर्ने समस्याको दीर्घकालीन समाधान तय हुन नसक्दा समस्या परेको उहाँले बताउनुभयो । जमिन भासिने र पहिरो झर्ने स्थानमा सधैँ धुलो र हिलोको समस्याले सताउने गरेको छ ।

मेची राजमार्गमा सधैँ जमिन भासिने र पहिरो खस्ने समस्या, यस्तो छ कारण

जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ ।

दुई सय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा जमिन नअडिने समस्याका कारण विशेषतः बर्खायाममा समस्या हुने गरेको छ । इलामको माई खोला क्षेत्र तथा पाँचथरको पाङ्ग्रेभीर र भारपा घ्यापेमा जमिन नअडिने समस्या राजमार्गका लागि चुनौतिपूर्ण बनेको सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलेको भनाइ छ ।

दुई सय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा जमिन नअडिने समस्याका कारण विशेषतः बर्खायाममा समस्या हुने गरेको छ । इलामको माई खोला क्षेत्र तथा पाँचथरको पाङ्ग्रेभीर र भारपा घ्यापेमा जमिन नअडिने समस्या राजमार्गका लागि चुनौतिपूर्ण बनेको सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलेको भनाइ छ ।

 जमिन भासिने र पहिरो झर्ने समस्याको दीर्घकालीन समाधान तय हुन नसक्दा समस्या परेको उहाँले बताउनुभयो । जमिन भासिने र पहिरो झर्ने स्थानमा सधैँ धुलो र हिलोको समस्याले सताउने गरेको छ । 

जमिन निरन्तर भासिने ठूलो क्षेत्र रहेको इलामको माई खोलामाथिका तीन स्थानमा सडक डिभिजन कार्यालय इलामले आर्थिक वर्ष २०७१÷०७२ मा ‘रक एन्करिङ’ प्रविधिबाट सडक अड्याउने प्रयास गरेको थियो । रु छ करोडको लागतमा उक्त प्रविधिबाट सडक अड्याउने प्रयास गरिए पनि सो उपायले एक वर्षसम्म समेत काम नगरेको स्थानीयवासीको भनाइ छ । भिरालो बाटो निरन्तर भासिने हुनाले यहाँको यात्रा चुनौतिपूर्ण हुने गरेको छ । 

इलाममा माइखोला–भञ्ज्याङको छ किलोमिटर सडक निरन्तर भासिने गरेको छ । यस स्थानमा १० वर्षमा करीब तीन मिटर सडक भासिएको पाइएको छ । यो स्थान जोखिमपूर्ण देखिएपछि खुदुनाबारी–दानाबारी–राकसे–बेलासे–भञ्ज्याङ सडक वैकल्पिक मार्गका रूपमा उपयोग गर्न सकिने बनेको छ । धेरैले उक्त सडकको स्तरोन्नति गर्नुपर्नेमा जोड दिएका छन् । 

पाँचथरको हिलिहाङ गाउँपालिका वडा–७ भारपाको घ्यापेमा माइखोलामा जस्तै मेची राजमार्गको सडक भासिने समस्या छ । स्थानीयवासी राजेन्द्रप्रसाद काफ्लेका अनुसार यहाँ राजमार्ग विस्तार हुनुअघि नै जमिन भित्रबाटै सर्ने गर्थ्यो ।

सर्ने जमिनमै बाटो बनेपछि सडक नअडिएको काफ्लेको भनाइ छ । “सडक भन्दामुनि जमिनमा ठूलो भास छ । बर्सेनि माथिबाट जमिन सर्दै जाँदा सडक भासिन्छ”, उहाँले भन्नुभयो, “घ्यापे दीर्घकालीन समस्या बनेको छ ।”

यस स्थानमा २०४२ सालमा सडक विस्तार भई २०४३ सालदेखि सवारी साधन चल्न थालेका थिए । सडकको माथिल्लो भागमा पाइप लगाई पानी नालीमा झारेर सडक अड्याउने प्रयास गरिए पनि सफल हुन सकेको छैन । 

उक्त स्थानको विकल्पका लागि गोलेडाँडा घुम्तीबाट सल्लरी जोड्ने वैकल्पिक बाटो निर्माण भएको छ । यस्तै वैकल्पिक सडककै लागि मझौले घुम्ती–चिवाडाँडा हुँदै मानेडाँडा जोड्ने बाटोको ट्र्याक पनि बनेको काफ्लेको भनाइ छ । “यी दुवै सडक मर्मत सम्भार गरे चलाउन सकिन्छ”, उहाँले भन्नुभयो ।